गएराति परेको अविरल बर्षाका कारण दोलखाको विभिन्न ठाउँको जनजिवन प्रभावित

साउन २३ रेडियो शैलुङ्ग दोलखा / गएराति परेको अविरल बर्षाका कारण दोलखाको विभिन्न ठाउँको जनजिवन प्रभावित भएको छ ।
विगु गाउँपालिका वडा नम्बर ३ बुलुङको ठाडो खोलामा आएको बाढी पहिरोका कारण २० घर परिवार विस्तापित भएका छन् । बाढीका कारण दमिनी विकको एउटा गोठ बगाउनुका साथै पशु चौपाय घाईते भएको स्थानीय छत्रबहादुर तामाङले जानकारी दिनुभयो । 
पहिरोका कारण विस्तापितमा परेका परिवार अहिले खुल्ला चौरमा बसिरहेका छन् । यसैगरी बुलुङको छोर्दोमोमा भएको पानीको मुल बढेर पाइन गाउँको तिन घर पहिरोको जोखिममा परेका छन् ।
पाइन गाउँको असलि तामाङ, डम्बरे तामाङको घर डुबाउमा परेको छ भने शेरबहादुर तामाङको दुई वटा गोरु, ३ वटा गाई र १० वटा बाख्रा बगाएको छ । घट्टे खोला र सर्सिङ्ग खोलामा आएको बाढीका कारण पाइन गाउँको पुरै बस्ती जोखिममा परेको स्थानीय केशर लामाले जानकारी दिनुभयो ।
यस्तै बाढीले बुलुङका राम विकको गोठ र ३ वटा गोरु बगाएको छ  भने असली तामाङको आगन र किचन बगाएको बताईएको छ । ढालबहादुर तामाङ, रामबहादुर, धन बहादुर, पुर्ण तामाङको घर पहिरोको उच्च जोखिममा परेको छ । 
यसैगरी अविरल बर्षा पछि आएको पहिरोका कारण गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेको स्वास्थ्यचौकी भवनमा क्षति पुगेको छ । 
साविकको वडा नम्बर ३ का खजेन्द्र बुढाथोकी, रामबहादुर तामाङ, भरत आचार्य, लक्ष्मण बुढाथोकी, सोमबहादुर तामाङको घरमा क्षति पुगेको  छ । साविक वडा नम्बर २ को मानबहादुर तामाङ, कालिबहादुर तामाङ, नरबहादुर तामाङको घरमा क्षति पुगेको छ भने बाटो अबरुद्ध भएर स्थानीयलाई आवतजावतमा समस्या भएको स्थानीय विपद व्यवस्थापन समितिका उपाध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो । पहिरोका कारण बालिनालिमा क्षति पुगेको छ । 

प्रतिकृया दिनुहोस

प्राकृतिक प्रकोपको  कृत्रिम अभ्यास सिकाउँदै कालिञ्चोक गाउँपालिका 

माघ २५ प्राकृतिक प्रकोपबाट कसरी सतर्क रहन सकिन्छ, भन्ने विषयमा केन्द्रित गरी दोलखाको कालिञ्चोक गाउँपालिकाले जनप्रतिनिधिहरुलाई कृत्रिम घट्ना

दोलखाको सदरमुकाम चरिकोटमा व्यक्तित्व विकास सम्बन्धि तिन दिने तालिम सम्पन्न

दोलखाको सदरमुकाम चरिकोटमा व्यक्तित्व विकास सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्ट दोलखाको आयोजनामा भएको तालिममा दोलखा

भीमेश्वर बहिरा प्राथामिक विद्यालयलाई न्यानो कपडा वितरण

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोेटीले भीमेश्वर बहिरा प्राथामिक विद्यालयलाई प्रत्येक वर्ष २ लाख रकम दिने घोषणा