गएराति परेको अविरल बर्षाका कारण दोलखाको विभिन्न ठाउँको जनजिवन प्रभावित

साउन २३ रेडियो शैलुङ्ग दोलखा / गएराति परेको अविरल बर्षाका कारण दोलखाको विभिन्न ठाउँको जनजिवन प्रभावित भएको छ ।
विगु गाउँपालिका वडा नम्बर ३ बुलुङको ठाडो खोलामा आएको बाढी पहिरोका कारण २० घर परिवार विस्तापित भएका छन् । बाढीका कारण दमिनी विकको एउटा गोठ बगाउनुका साथै पशु चौपाय घाईते भएको स्थानीय छत्रबहादुर तामाङले जानकारी दिनुभयो । 
पहिरोका कारण विस्तापितमा परेका परिवार अहिले खुल्ला चौरमा बसिरहेका छन् । यसैगरी बुलुङको छोर्दोमोमा भएको पानीको मुल बढेर पाइन गाउँको तिन घर पहिरोको जोखिममा परेका छन् ।
पाइन गाउँको असलि तामाङ, डम्बरे तामाङको घर डुबाउमा परेको छ भने शेरबहादुर तामाङको दुई वटा गोरु, ३ वटा गाई र १० वटा बाख्रा बगाएको छ । घट्टे खोला र सर्सिङ्ग खोलामा आएको बाढीका कारण पाइन गाउँको पुरै बस्ती जोखिममा परेको स्थानीय केशर लामाले जानकारी दिनुभयो ।
यस्तै बाढीले बुलुङका राम विकको गोठ र ३ वटा गोरु बगाएको छ  भने असली तामाङको आगन र किचन बगाएको बताईएको छ । ढालबहादुर तामाङ, रामबहादुर, धन बहादुर, पुर्ण तामाङको घर पहिरोको उच्च जोखिममा परेको छ । 
यसैगरी अविरल बर्षा पछि आएको पहिरोका कारण गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेको स्वास्थ्यचौकी भवनमा क्षति पुगेको छ । 
साविकको वडा नम्बर ३ का खजेन्द्र बुढाथोकी, रामबहादुर तामाङ, भरत आचार्य, लक्ष्मण बुढाथोकी, सोमबहादुर तामाङको घरमा क्षति पुगेको  छ । साविक वडा नम्बर २ को मानबहादुर तामाङ, कालिबहादुर तामाङ, नरबहादुर तामाङको घरमा क्षति पुगेको छ भने बाटो अबरुद्ध भएर स्थानीयलाई आवतजावतमा समस्या भएको स्थानीय विपद व्यवस्थापन समितिका उपाध्यक्ष रामकुमार जोशीले जानकारी दिनुभयो । पहिरोका कारण बालिनालिमा क्षति पुगेको छ । 

प्रतिकृया दिनुहोस

दोलखामा पहिलो पटक मिस दोलखा हुने

भाद्र २ रेडियो शैलुङ्ग दोलखा / चरिकोटमा पहिलो पटक भदौ २० गते बाट सुरु हुने मिस दोलखामा १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका महिलाहरु सहभागी हुन

गएराति देखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा २० घर पहिरोको उच्च जोखिममा

भाद्र २  रेडियो शैलुङ्ग दोलखा/ दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा गएराति देखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा २० घर पहिरोको उच्च

लाभग्राहीमा नअटाएकी भुकम्पप्रभावित पार्वती घिमिरेलाई सहयोग

रेडियो शैलुङ्ग दोलखा / अरुको घरमा आश्रय लिएर वसेकी भुकम्पप्रभावित पार्वती(निता)घिमिरेलाई छानो छाउनका लागि जस्तापाता सहयोग भएसंगै घर वनाउने उत्साह