स्थानीय सरकारको सहयोगी वन्दै रेडियो कार्यक्रम साझावोली 


साउन २० रेडियो शैलुङ दोलखा ।
स्थानीय तहले बनाएको निती तथा कार्यक्रमलाई  रेडियो कार्यक्रम साझाबोली मार्फत आम जनताबीच पु¥याउन सहयोग पुगेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले वताउनु भएको छ ।
रेडियो शैलुङमा गत बिहिवार बसेको विषय बस्तु सल्लाहकार समितिको १३ औँ बैठकमा बोल्नुहुँदै समन्वय प्रमुख पाण्डेले आर्थिक समृद्धिमा टेवा पुग्ने, आम जनताको जीवन स्तर उकास्ने र उत्पादनसँग जोड्ने गरी  रेडियो कार्यक्रम साझाबोली उत्पादन गर्न सुझाव समेत दिनुभयो ।
स्थानीय तह आपैmमा एउटा सरकार हो, स्थानीय सरकारले गरेको गतिविधि क्रियाकलाप जनताले नजिकबाट महशुस गर्न पाउने भएकोले स्थानीय सरकारको सहयोगी रेडियो कार्यक्रम वनेको भन्दै अवका दिनमा उत्पादनसंग जोडेर कार्यक्रम वनाउन समेत सुझाव दिनुभयो ।
बैठकमा बोल्दै मेलुङ गाउँपालिका दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले स्थानीय, प्रदेश र संघीय सरकारको गतिविधिलाई प्राथमिकतामा राखेर  प्रशारण गर्न अनुरोध गर्नुभयो । अध्यक्ष श्रेष्ठले स्थानीय सरकार पुग्न नसकेको स्थानमा समेत रेडियो पुग्ने भन्दै सरकारको आवाज वनेर जनता माझ पुग्न अनुरोध गर्नुभयो  । 
भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामाले स्थानीय सरकाको अनुभुति जनतालाई गराउन रेडियोले महत्वपूर्ण भुमिका निर्वाह गरेको वताउनु भयो । सबै नागरिकलाई शिक्षा स्वास्थ्यमा सहज पहुँच पु¥याउन स्थानीय सरकारको भुमिका लगायतका सवाललाई प्राथामिकतामा राखेर आगामी दिनमा रेडियो कार्यक्रम साझाबोली प्रशारण गर्न समेत सुझाउनु भयो । । बैठकमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरापालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, पत्रकार कैलाश तमाङ,पत्रकार अर्जुन दहाल, रेडियो शैलुङका स्टेशन म्यानेजर विनिता शिवाकोटी, कार्यक्रम उत्पादक बुना घिमिरे, सामुदायिक सञ्चारकर्मी विमला बुढाथोकी लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा साझाबोली उत्पादक बुना घिमिरेले कार्यक्रमको प्रसारित विषयवस्तु र कार्यक्रमको उद्देश्यवारे जानकारी गराउनुभएको थियो । अहिलेसम्म साझावोलीको  ३६ अंक प्रशारण भईसकेको छ ।
इक्वेल एक्सेस र रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेगाहर्ज दोलखाबाट प्रशारण हुँदै आएको रेडियो कार्यक्रम साझाबोलीका लागि आवश्यक विषयबस्तु छनौटका लागि प्रत्येक ४५ दिनमाा विषयबस्तु सल्लाहकार समितिको बैठक बस्ने गरेको छ भने बैठकले आगामी अंक उत्पादन गर्दा विषयवस्तु र सवाल छनौटका लागि सुझाव दिने गरेको छ । कार्यक्रम साझाबोली दोलखाको रेडियो शैलुङले उत्पादन गर्दैै आएको छ भने सिन्धु एफ एम सिन्धुपाल्चोक र प्राइम एफएम काभ्रेबाट प्रशारण हुदै आएको छ । 
साझावोली कार्यक्रमले स्थानीय सरकारको काम र स्थानीयले पाउने सेवा सुविधामा पहँुच वृद्धि,कानुन कार्यान्वयनको अवस्था, स्थानीय जनताको जीवन स्तरमा सुधार लगायतका विषयमा केन्द्रीत रहदै स्थानीय जनता,जनप्रतिनिधि,नागरिक समाज र आम सञ्चार माध्यमको भुमिकाका विषयमा केन्द्रीत हुदै आएको कार्यक्रम उत्पादक वुना घिमिरेको भनाई छ । 
कार्यक्रम निर्माणका लागि दोलखा,सिन्धुपाल्चोक र काव्रेपलाञ्चोक कार्यक्षेत्र वनाई स्थलगत छलफल,रिपोर्ट,जनवोली,स्थानीय जनप्रतिनिधि,नागरिक समाज र आमसञ्चार माध्यमका प्रतिनिधिका विचार,वोली,समस्या,सफलता आदिलाई समेट्दै आएको छ ।  


 

प्रतिकृया दिनुहोस

दोलखामा पहिलो पटक मिस दोलखा हुने

भाद्र २ रेडियो शैलुङ्ग दोलखा / चरिकोटमा पहिलो पटक भदौ २० गते बाट सुरु हुने मिस दोलखामा १६ बर्षदेखि २८ बर्ष ननाघेका दोलखा जिल्लाका महिलाहरु सहभागी हुन

गएराति देखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा २० घर पहिरोको उच्च जोखिममा

भाद्र २  रेडियो शैलुङ्ग दोलखा/ दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा गएराति देखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा २० घर पहिरोको उच्च

लाभग्राहीमा नअटाएकी भुकम्पप्रभावित पार्वती घिमिरेलाई सहयोग

रेडियो शैलुङ्ग दोलखा / अरुको घरमा आश्रय लिएर वसेकी भुकम्पप्रभावित पार्वती(निता)घिमिरेलाई छानो छाउनका लागि जस्तापाता सहयोग भएसंगै घर वनाउने उत्साह