लोकप्रिय रेडियो कार्यक्रम भन्छिन आमा नयाँ स्वरुप दोलखाबाट उत्पादन शुरु ।

रेडियो शैलुङ,२० श्रावण 

रेडियो कार्यक्रम  भन्छिन आमाको स्थानीय उत्पादन नयाँ स्वरुप श्रावण २० आइतवारबाट शुरु भएको छ । विगत ११ वर्षदेखि दोलखामा सञ्चालनमा आएको रेडियो शैलुङ सामुदायिक एफ.एम ९२.७ मेगाहर्जले स्थानीय उत्पादन शुरु गरेको हो । ४५ मिनेट समयअवधिको चर्चित रेडियो कार्यक्रम भन्छिन आमा दोलखाबाट स्थानीय उत्पादन पहिलो पटक शुरु गरिएको छ । प्रत्येक साता आइतवार विहान ७.३० देखि ८.१५ सम्म १० वटा सामुदायिक रेडियोवाट प्रत्यक्ष प्रशारण हुनेछ । दोलखाको रेडियो शैलुङले उत्पादन गरेको रेडियो कार्यक्रम भन्छिन आमा हाम्रो रेडियो दोलखा,रेडियो भिमेश्वर,कालिञ्चोक सामुदायिक एफ.एम दोलखा र सिन्धुपाल्चोकका रेडियो मेलम्ची,रेडियो सिन्धु, हेलम्बु एफ एम, रेडियो सुनकोशी ््््तथा हिमाल एफ एम र सोलु एफ एम सोलुखुम्बु बाट एकैसाथ प्रत्यक्ष रुपमा प्रशारण हुने छ । कार्यक्रमको पुनः प्रसारण हरेक हप्ताको आइतवार दिउँसो १ः०० बजे र राती ९.१५ बजे पछि १० वटै रेडियो बाट प्रशारण हुनेछ । 
बाल्यकालीन पोषण र मातृशिशु स्वास्थ्यको क्षेत्रमा लक्षित समुदायका हजारदिने आमा र शिशुको स्वास्थ्य तथा पोषण स्थितिमा सुधारका लागि सुआहारा कार्यक्रम अन्तर्गत सामाजिक ब्यवहार परिवर्तन सञ्चार ९क्द्यऋऋ० का लागि म्ष्नष्तब िद्यचयबमअबकत क्ष्लष्तष्बतष्खभ, भ्त्रगब िब्अअभकक ९म्द्यक्ष्(भ्ब्० द्वारा तर्जुमा गरिएको ढाँचामा साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन् आमा’रेडियो शैलुङ दोलखाले उत्पादन शुरु भएको हो ।
कार्यक्रम भन्छिन आमाको स्थानीय उत्पादन अन्तरगत आइतवार प्रशारित कार्यक्रममा आमा र वच्चाको स्वास्थय र पोषण अन्तरगत गर्भाअवस्थामा अपनाउनु पर्ने सावधानीका विषयमा केन्द्रीत रहेको थियो । कालिञ्चोक गाउँपालिका सुनखानी स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट धिरेन्द्र चौधरी अतिथि वक्ताको रुपमा रहनुभएको थियो । पहिलो कार्यक्रममा हजार दिनको महत्वका विषयमा चर्चा भएको थियो भने तार्किक प्रश्न सोधेर कार्यक्रमलाई थप प्रभावकारी वनाउन सफल दोलखा  गौरीशङ्कर गाउँपालिका झ्याकुकी सरस्वती लामिछाने.उत्कृष्ट स्रोता छनौट हुनुभएको छ भने उत्कृष्ट स्रोतालाई पुरस्कार स्वरुप इक्वेल एक्सेसले रिचार्जको समेत व्यवस्था गरेको वताइएको छ । भन्छिन आमा रेडियो कार्यक्रम दोलखा उत्पादकको भुमिका रेडियो शैलुङकी विमला बुढाथोकी र प्राविधिकको भुमिका रेडियो शैलुङकै प्रदिप सेन्चुरीले निर्वाह गर्नुभएको छ । 
भन्छिन आमा रेडियो कार्यक्रमको दोस्रो अंक आगामी आइतवार श्रावण २७ गते परिवार योजनामा दम्पतीको समान भुमिका विषयमा केन्द्रीत हुने कार्यक्रम उत्पादक विमला वुढाथोकीको भनाई छ । 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा