स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम

रेडियो शैलुङ्ग दोलखा
गत जेठ २१ गते बाट सुरु भएको स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम दोलखाको बैतेश्वर गाँउपालिका ५ मैनापोखरीमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति दोलखाको आयोजना तथा  बैतेश्वर गाँउपालिकाको संयोजनमा भएको तालिममा वैतेश्वर गाउँपालीकाको वडा नम्वर १ देखी ८ सम्मका जनप्रतिनिधि कर्मचारीहरु गरी ६२ जनाको सहभागीता रहेको बताईएको छ ।
तालिमका सहभागीहरुलाई जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत द्धोेय विक्रम कार्की र नारायण सेढाँई, वैतेश्वर गाँउपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुलीले स्थानीय तहको बजेट योजना तर्जुमा, नतिजामुखी विकास आयोजना, स्थानीय तहको वित्त व्यवस्थापन, विकासका समसामयिक मुद्दाहरु, गाँउकार्यपालिका र वडा समितिका काम कर्तव्य र अधिकार लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । वैतेश्वर गाँउपालिकाका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, वडा नम्बर ६ का वडा अध्यक्ष शम्शेर घिसिङ, वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पराजुली लगाएतले मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

साखिने आधारभूत स्कुलको ५३ औ अभिभावक दिवस,अभिभावकको सहयोगमा अक्षय कोषको स्थापना

माघ २२ भीमेश्वर नगरपालिका वडा नम्वर.७ साखिनेका पूर्वशिक्षक दुर्गावहादुर पाण्डेले स्वर्गीय बुबाआमाको स्मृतिमा एक लाख एक रुपैया“को छात्रवृत्ति

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध

१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा १९ औ सरसफाई सप्ताह सम्पन्न १९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको