दोलखामा ३ दिने वृहत शैक्षिक महोत्सव सम्पन्न

 

रेडियो शैलुङ्ग २०


दोलखा सदरमुकाम चरीकोटमा सञ्चालन भएको तीन दिने शैक्षिक महोत्सवसम्पन्न भएको छ । शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय शिक्षा हाम्रो शान’ भन्ने नाराका साथ भीमेश्वर नगरपालिकाको आयोजनामा तथा गाउँपालिका र विभिन्न संघ संस्थाको सहआयोजनामा महोत्सवमा आयोजना गरिएको थियो ।

जिल्लालाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको शैक्षिक विज्ञान तथा साँस्कृतिक महोत्सव शनिवार सम्पन्न भएको हो । महोत्सवमा दोखलाका पत्रकारले खिचेका पर्यटकीय,धार्मिक तथा साँस्कृतिक स्थलको फोटो,विद्यालय र क्याम्पसले तयार पारेका विज्ञान तथा प्रविधिमा आधारित शैक्षिक सामग्री,पुस्तक र परम्परागत प्रयोगका सामग्री,विभिन्न संघसस्था गरी ५० वटा स्टल राखिएका थिए ।

कार्यक्रमको अवसरमा शिक्षाविद डा विद्यानाथ कोइरादा,पर्यटनविद् कर्ण साक्य,सफल स्रष्टाहरुलाई दोलखामा उपस्थित गराई शैक्षिक सुधारमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ,कुमार वस्नेत, कुमारध्वज कार्की,अमृत खाती,दिपक श्रेष्ठ,छेवाङ तेन्जीङ लामा लगायतका कलाकारले कला प्रस्तुत गरेका थिए । बालबालिकाको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न प्रोत्साहान गर्ने उदेश्यले हाजिरीजवाफ,वक्तृत्वकला,चित्रकला,नृत्य,गाउँखाने कथा लगायतका प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । बिद्यालय स्तरिय शैक्षिक सामग्री प्रदर्शन, सास्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शन, विज्ञान प्राविधि सम्बन्धी सामाम्री प्रदर्शन, शैक्षिक श्रव्यदृब्यको प्रदर्शन, सफल स्रष्टाहरुको शैक्षिक प्रवचन, ऐतिहासीक शैक्षिक सामग्री प्रदर्शन गर्ने संघसस्था र व्यक्तीलाई मायाको चिनो तथा प्रतियोगितामा उत्कृष्ट विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरणसहित कार्यक्रम समापन भएको छ ।  महोत्सवको उद्घाटन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री शेर वहादु तमाङले गर्नुभएको थियो ।

  विभिन्न विषयमा विद्यावारिधी गर्ने दोलखाली १५ जनाको सम्मान
विभिन्न विषयमा विद्यावारिधी उपाधी हासिल गर्ने १५ जना दोलखालीको सम्मान गरिएको छ । सम्मान कार्यक्रममा आप्ना विचार राख्दै जिल्लाको समग्र विकासका लागि आफुहरुलाई प्रयोग गर्न विद्यावारिधि गर्नेहरुले अनुरोध गरेका छन् । दोलखा शैक्षिक विज्ञान प्रविधि तथा साँस्कृतिक महोत्सव २०७५ को अवसरमा जिल्लाको सम्वृद्धिका लागि भावि योजना सम्वन्धी एक दिने अन्तक्रिया कार्यक्रममा बोल्नुहुँदै दोलखा जिल्लाबाट पिएचडी गर्ने डाक्टर सुधा त्रिपाठी, यज्ञ गजाधर खड्का, प्रदिप मैनाली, घनश्याम खतिवडा, शंकर आचार्य,  कृष्ण आचार्य, डाक्टर कमलराज ढुङगेल, मोहन कृष्ण श्रेष्ठ, विष्णुराज उप्रेति, धुवराज शिवाकोटी, श्यामकृष्ण श्रेष्ठ, हरिदर्शन श्रेष्ठ, गोपाल कृष्ण श्रेष्ठ, प्रदिप कुमार खड्का, चक्र खड्का र माधव कोईराला सहित १५ जनाले आफुहरु दोलाखा कै नागरिक भएकाले जिल्लाको सम्वृद्धिका लागि आफुहरुलाई प्रयोग गरे आवश्यक सहयोग गर्ने प्रविबद्धता व्यक्त गर्नुभयो ।
गौरीशकर वहुमुखी क्याम्पस चरिकोट दोलखाको संयोजनमा भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले त्रिभुवन विश्वविद्यालय शिक्षा अध्यक्ष सुधा त्रिपाठी लगायत विद्यावारिधी प्राप्त व्यक्तिहरुसंग गौरीशकर वहुमुखी क्याम्पसलाई अनुसन्धान केन्द्र विकास गर्न,इन्जिनियरिङ कलेज स्थापना,विविध विषयमा स्नातकोत्तर सञ्चालन र विभिन्न विषयमा विद्यावारिधी गर्ने दोखलालीलाई गेष्ट लेक्चरको रुपमा आव्हान समेत गर्नु भएको थियो ।
कार्यक्रममा राखिएका प्रस्तावमाथि सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालका शिक्षाध्यक्ष समेत रहनु भएकी डा सुधा त्रिपाठीले आपनो पहिचान सधै दोखलासंग गास्न मन पर्ने भएको भन्दै आप्नो कार्यकालमा सुखानुभुति हुने गरी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यसैवीच अन्तरक्रिया कार्यक्रममा सहभागी सवै विद्यावारिधी प्राप्त व्यक्तिले समय अनुकुल दोलखाको विकासमा आप्नो विज्ञता प्रयोग गर्ने अवसर जुटाउन आग्रह गरेका थिए । अन्तरक्रियाको क्रममा अधिकाशं वक्ताले अनुसन्धानलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन भने कृषि,पर्यटन,जलविद्युतको विकासवाटबाट मात्र सम्वृद्धि सम्भव भएको सवाल उठान गरेका छन् । यसैवीच पुन निर्माण संगै मौलिकता हराउदै गएकोमा वहुसङख्यक वक्ताहरुले चिन्ता व्यक्त गरे ।
जिल्लावाट विद्यावारिधीको खोजी गरेर दोलखालीको विज्ञता वुभ्न खोजेकोमा सवै सहभागिहरुले भिमेश्वर नगरपालिका र गौरीशकर वहुमुखी क्याम्पसको नवीन कार्य भन्दै  खुलेर प्रसंसा गरेका थिए । शैलुङ गाउँपािलका ८ का डा कृष्ण आर्चाय सम्मान ग्रहणकै लागि ५० वर्षपछि मात्र आप्नो गृह जिल्ला आउनु भएको थियो ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा प्रतिनीधी सभाका सांसद पावर्त गुरुङ, गौरीशंकर बहृमुखी क्यापस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मान्नधर, क्याम्पस प्रमुख शान्त केसी लयायते विभिन्न विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ व्यक्तिको विज्ञता दोखलाको सम्वृद्धिका लागि प्रयोग गर्न अनुरोध गर्नुभयो । दोलखाबाट ७ जना महिला, ११जना जनजाति, ४४ जना अन्य गरी ६२ जनाले विद्यावारिधि गर्नु भएको छ । जसमा १८ जना विदेशमा रहनु भएको आयोजकले जनाएको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध

१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा १९ औ सरसफाई सप्ताह सम्पन्न १९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको

स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम

रेडियो शैलुङ्ग दोलखा गत जेठ २१ गते बाट सुरु भएको स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम दोलखाको बैतेश्वर