स्थानीय सरकारका जनप्रतिधिले खोलो त¥यो लौरो विस्र्यो उखानलाई आत्मसात गरेको दोलखाका शिक्षकको भनाई

 

रेडियो शैलुङ्ग दोलखा ०६ स्थानीय सरकारका जनप्रतिनिधिले दोलखाका शिक्षकलाई सम्मानजनक व्यवहार नगरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक महासंघ दोलखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेल,नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाका अध्यक्ष बालकुमार गिरी,नेपाल  शिक्षक संघका अध्यक्ष गोविन्द मानन्धर,एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राम वहादुर खड्का,अखिल नेपाल  शिक्षक संगठन जिल्ला समिति दोलखाका अध्यक्ष जिष्णु कुमारी उप्रेती र नेपाल राष्ट्रिय शिक्षक परिषद दोलखाका अध्यक्ष जीवन चाकुवाजीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा वर्तमान सरकार र जनप्रतिनिधिहरुले खोलो त¥यो लौरो विस्र्यो भन्ने नेपाली उखाललाई चरितार्थ गरेको उल्लेख गर्दै शिक्षकका विद्यमान समस्या समाधानको सट्टा थप पिडा दिने काम भएको भन्दै खेद प्रकट गरेको छ ।
 जनप्रतिनिधिहरु विधि,प्रक्रिया र पद्धतीको पाठ अरुलाई मात्र पढाउने र आफू भने कानुन माथि  रहेर शिक्षक समुदायमाथि व्यापक हस्तक्षेप गरेको आभाष भएको विज्ञप्तीमा भनिएको छ । सामुदायिक विद्यालयमा देखिएका समस्याको एक मात्र दोषि शिक्षक मात्र हुन् भन्दै शिक्षामा सुधारको नाममा शिक्षक सरुवा,वढुवा,घटुवा,अपहेलना र मनोवल गिराउदै  दोलखाका केही स्थानीय सरकारका जनप्रतिनिधिहरुले ऐनमा संवैधानिक व्यवस्था गरेको शिक्षकको छाता संगठन नेपाल शिक्षक महासंघको पेशागत संघसंगठनहरु,विद्यालय व्यवस्थापन समितिको भुमिका र सरोकारवालाको भूमिकालाई पूर्णरुपमा वेवास्ता गर्दै  विद्याल एकीकरण,प्रअ नियुक्ती लगायतका मौलिक हक समेत कुण्ठित हुने गरी भइरहेको गतिविधिप्रति नेपाल शिक्षक महासंघको गभ्भीर ध्यानाकर्षण भएको वताइएको छ ।
शिक्षकले हिजोदेखि प्राप्त गरेका हक अधिकार र सुविधाहरु कटौती गर्दै शिक्षकहरुको मनोवल गिराउने काम तत्काल वन्द गरी सरोकारवालाको सहमतिमा मात्र काम अगाडि वढाउन स्थानीय तहका सरकारलाई विज्ञप्ती मार्फत अनुरोध गरेको छ । साथै अस्थायी शिक्षकहरुको समस्या,राहत शिक्षक,सहयोगी कार्यकर्ता,विद्यालय कर्मचारीको समस्या तत्काल समाधान गर्न,विद्यार्थी सङ्ख्याको आधारमा मात्र शिक्षक दरवन्दी वैज्ञानिक र पारदर्शी ढंगवाट अगाडि वढाउन समेत माग गरिएको छ । यसैवीच स्थानीय सरकारका प्रतिनिधिहरुले गरिरहेको गतिविधिहरु सुधार नभए शिक्षकले आपनो पेशागत सुरक्षाका लागि जस्तोसुकै कठोर कदम उठाउन समेत वाध्य हुने र जटिल परिस्थित आएमा त्यसको जिम्मेवार स्वयं केन्द्रीय र स्थानीय सरकारका प्रतिनिधिले लिनु पर्ने चेतावनी समेत


 

प्रतिकृया दिनुहोस

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध

१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा १९ औ सरसफाई सप्ताह सम्पन्न १९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको

स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम

रेडियो शैलुङ्ग दोलखा गत जेठ २१ गते बाट सुरु भएको स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम दोलखाको बैतेश्वर