अधिनायकवादको बारेमा स्वच्न पनि सकिन्न

अधिनायकवादको बारेमा स्वच्न पनि सकिन्न
रेडियो शैलुङ्ग दोलखा बैशाख १८ ÷ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले १४ बर्ष जेल बसेका केपी ओलीले नेतृत्व गरेको सरकारले अधिनायकवाद ल्याउछ भनेर हल्ला गर्नु चियाको कपमा आँधि उठ्छ भनेर स्वचेजस्तै हुने बताउनु भएको छ ।
एएसवि नेपाल तथा रिड नेपालको सहयोगमा निर्माण भएको गौरीशङ्कर सामुदायीक पुस्तकालय भवनको समुद्घाटन गर्नुहुदै परराष्ट्र मन्त्री ज्ञवालीले अधिनायकवादको बारेमा स्वच्न समेत नसकिने बताउनु भयो । मन्त्री ज्ञवालीले स्वतन्त्रताको नाममा गुण्डागर्दी, एकाधिकार, सिण्डीकेट जस्ता कुरालाई भने छुट दिन नसकिने बताउनु भयो । गुण्डागर्दी अन्त्य गर्ने, एकाधिकारको अन्त्य गर्ने र सिण्डीकेट गर्नेलाई सरकारले जुनसुकै हालतमा नियन्त्रण गर्ने उल्लेख गर्नुहुदै यसलाई कसैले अधिकायकवाद भने त्यसमा सरकारको कुनै प्रष्टिकरण नरहने बताउनु भयो ।
परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल अहिले विकास र समृद्धिको मार्गमा अघि बढीरहेको उल्लेख गर्नुहुदै विकासको लागि छिमेकी मुलुक चिन र भारतसंग समान सम्बन्ध स्थापित गर्ने बताउनु भयो । उहाँले भन्नु भयो – हामी विकासको यात्रामा चिन र भारतसंग जोडिन चाहन्छौ तर कुनै एक मुलुकको विरुद्ध परिचालीत हुन सक्दैनौ । नेपाली जनताले स्थिरता र समृद्धिको लागि बाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएको उल्लेख गर्नुहुदै मन्त्री ज्ञवालीले अब एक बर्षमा प्रधानमन्त्री फेरिने र ६ महिनामा मन्त्रीहरु फेरिने अवस्थाको अन्त्य हुने दावि गर्नु भयो । समृद्धिको लागि महत्वकांक्षि योजना आवश्यक रहने उल्लेख गर्नुहुदै मन्त्री ज्ञवालीले संसारको सबै मुलुकमा कुद्ने रेल नेपालको कुदाउछौ भन्दा खिसिटिउरी गर्नु हास्यास्पद रहेको बताउनु भयो ।
मन्त्री ज्ञवालीले पुस्तकालय चेतनाको संग्राहलय भएको उल्लेख गर्नुहुदै निरंकुश शासकहरु पुस्तकसंग डराउने बताउनु भयो । उहाँले अहिले इलाईब्रेरीको जमाना भएपनि पुस्तक पढ्नुमा जति आनन्द हुन्छ त्यो आनन्द इलाईब्रेरीबाट प्राप्त हुन नसक्ने बताउनु भयो ।
गौरीशङ्कर सामुदायीक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतको सभापतित्वमा सम्पन्न भवन उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, विशाल खड्का, सरस्वती वस्नेत, एएसवि नेपालका निर्देशक मार्टिन क्रुस लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । अपाङ्ग मैत्री, बालबालिका मैत्री पुस्तकालय भवन निर्माणको लागि एएसवि नेपाल, रिड नेपालले तीन करोड ६८ लाख रुपैया सहयोग गरेको छ । दुई तले पुस्तकालय भवनमा बाल कक्ष, महिला कक्ष, अपाङ्ग कक्ष लगाएत कक्षहरु रहेको र हाल पुस्तकालयमा बिभिन्न ८ हजार पुस्तक रहेको अध्यक्ष कृष्ण वस्नेतले जानकारी दिनु भयो ।

 

प्रतिकृया दिनुहोस

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

बोल्नेभन्दा काम नै पहिलो प्राथमिकता हो : मन्त्री ढकाल

साउन १८ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानुन निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने

दोलखामा ३ दिने वृहत शैक्षिक महोत्सव सम्पन्न

  रेडियो शैलुङ्ग २० दोलखा सदरमुकाम चरीकोटमा सञ्चालन भएको तीन दिने शैक्षिक महोत्सवसम्पन्न भएको छ । शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय