स्वर्गीय मनमोहन अधिकारीको १९ औ स्मृति दिवस दोलखामा कार्यक्रम

रेडियो शैलुङ्ग दोलखा बैशाख १३ नेकपा एमालेका तत्कालिन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको १९ औ स्मृति दिवसको अवसरमा मनमोहन स्मृत प्रतिष्ठान दोलखाको पहलमा निर्मित पितृकार्य भवन कोटिहोम यज्ञशालालाई हस्तान्तरण गरिएको छ ।


पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा पर्यटन मन्त्रालयबाट प्राप्त आर्थिक सहयोगमा उक्त भवन निर्माण गरिएको हो । भवन निर्माणमा २९ लाख ६२ हजार खर्च भएको र त्यसमा मनमोहन स्मृति प्रतिष्ठानले २४ लाख उपलब्ध गराएको निर्माण कमिटीका संयोजक ठाकुरप्रसाद घिमिरेले बताउनु भयो । बाँकी रकम भुक्तानि र शोलार प्यानल, शोलार बिजुली, पितृकार्यको लागि आवश्यक अन्य ठाँउ निर्माण आदिको लागि सहयोग खोजिरहेको घिमिरेले बताए ।


मनमोहन स्मृति प्रतिष्ठान दोलखाका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको स्मृति दिवस तथा भवन हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, शान्ति पाख्रिन, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, मेलुङ गाँउपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, वीपी स्मृति प्रतिष्ठानका सचिव एवं कांग्रेस नेता केशवराज चौलागाई, मदन भण्डारी फाउण्डेशन दोलखाका अध्यक्ष गोपाल न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, गौरीशङ्कर क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धर लगाएतले मन्तव्य व्यक्त गनुृ भएको थियो ।

 

प्रतिकृया दिनुहोस

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

बोल्नेभन्दा काम नै पहिलो प्राथमिकता हो : मन्त्री ढकाल

साउन १८ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानुन निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने

दोलखामा ३ दिने वृहत शैक्षिक महोत्सव सम्पन्न

  रेडियो शैलुङ्ग २० दोलखा सदरमुकाम चरीकोटमा सञ्चालन भएको तीन दिने शैक्षिक महोत्सवसम्पन्न भएको छ । शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय