प्रतिनिधी सभाका सांसद पार्र्वत गुरुङले दोलखाको विगु गाउँपालिकाका २ जना बालिकालाई विद्यालय भर्ना

रेडियो शैलुङ्ग दोलखा बैशाख ११
नेपाल सरकारको एक विद्यार्थी पढाउने अभियान अन्र्तगत प्रतिनिधी सभाका सांसद पार्र्वत गुरुङले दोलखाको विगु गाउँपालिकाका २ जना बालिकालाई विद्यालय भर्ना गराउनु भएको छ ।
सिविन नेपालले निर्माण गरेको चित्रे माध्यमिक विद्यालय लादुकमा  अपाङ र बालमैत्री १४ कोठे पक्की भवन  विद्यालयलाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनुभएका संसद गुरुङ्गले विद्यालय बाहिर रहेका विगु गाउँपालिका वडा नम्वर ४ लादुकका  दिलकुमारी खत्रीलाई चित्रे माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना गरी दिनुभएको हो । यस्तै लादुककै विनु ठकुरीलाई शान्ती आर्दश माध्यमिक विद्यालयको कक्षा १ मा भर्ना गनुभएको छ ।


सांसद गुरुङले उनीहरु दुवैलाई भर्ना गरिदिएर अभिभावकत्व ग्रहण गर्नु भएको हो । दुवै जना विद्यालय बाहिर रहेका थिए । दुबै बालिकालाई नियमित पढ्नको लागि गुरुङले सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नु भएको छ । सिविन नेपालले नेपाल सरकारको शिक्षा मन्त्रालयको डिजाइन अनुसार १ करोड ३१ लाख ६० हजारमा निर्माण गरिएको भवन विद्यालयलाई हस्तान्तरण कार्यक्रममा पुग्नु भएका गुरुङ्गले दुई बालिकाको अभिभावककत्व ग्रहण गर्नु भएको जानकारी प्राप्त भएको छ ।
साथै  सिविन नेपालले १४ लाख छपन्न हजार लगानीमा निर्माण गरेको सात कोठे अपाङ र बालमैत्री पक्की शौचालय र छ लाख ३१ हजार ५ सय ८९े रुपैयामा निर्माण गरिएको खानेपानी योजनासमेत विद्यालयलाई हस्तान्तरण गरिएको सिविन नेपालका सन्तोष विमलीले जानकारी दिनुभयो ।
विद्यालय हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थपन समितिका अध्यक्ष तारा केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सांसद पार्वत गुरुङ्ग, केन्द्रिय कार्यान्वयन इकाईका निर्देशक दिलिपशेखर श्रेष्ठ, केन्द्रिय कार्यान्वयन इकाइ दोलखाका प्रमुख गोविन्द सेढाई, विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, सिविन नेपालका अध्यक्ष  माधव प्रधान, विगु गाउँपालिका वडा नम्वर ४  लादुका वडा अध्यक्ष वुक्तम तमाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

बोल्नेभन्दा काम नै पहिलो प्राथमिकता हो : मन्त्री ढकाल

साउन १८ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानुन निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने

दोलखामा ३ दिने वृहत शैक्षिक महोत्सव सम्पन्न

  रेडियो शैलुङ्ग २० दोलखा सदरमुकाम चरीकोटमा सञ्चालन भएको तीन दिने शैक्षिक महोत्सवसम्पन्न भएको छ । शैक्षिक गन्तव्य हाम्रो अभियान, गुणस्तरीय