प्रधानमन्त्री ओलीलाई दिइयो भारतमा मानार्थ पीएचडीको उपाधि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ पीएचडीको उपाधि दिइएको छ ।

आइतबार भारतको उत्तराखन्ड राज्यस्थित उद्यमसिंह नगरमा रहेको गोविन्दबल्लभ पन्त कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई विशेष दीक्षान्त समारोह आयोजना गरी ‘अनररी डिग्री अफ डाक्टर अफ साइन्स’ उपाधिबाट विभूषित गरेको हो ।

विज्ञान क्षेत्रमा विशेष अनुसन्धान तथा खोज गर्ने व्यक्तिलाई यस्तो उपाधि दिने प्रचलन रहेको छ ।

दीक्षित हुनुअघि प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको बिरुवा रोपेका थिए ।

ओलीको यो दोस्रो मानार्थ पीएचडी हो । यसअघि, ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रीनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो ।

ओलीसँगै नेता विजयकुमार गच्छदार, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कान्तिपुर पब्लिकेसन्सका तत्कालीन निर्देशक रामेश्वर थापालगायतलाई सो युनिभर्सिटीले मानार्थ पीएचडी दिएको थियो ।

तर, पछि विश्वविद्यालय नै नक्कली भएको खुलेपछि महजोडी, थापालगायतले उपाधि फिर्ता गरेका थिए ।

यसअघि, सन् २०१६ मा भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि मानार्थ पीएचडीको उपाधि दिएको थियो ।

इमेज खबरमा समचार छ ।

प्रतिकृया दिनुहोस

अधिनायकवादको बारेमा स्वच्न पनि सकिन्न

अधिनायकवादको बारेमा स्वच्न पनि सकिन्न रेडियो शैलुङ्ग दोलखा बैशाख १८ ÷ परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले १४ बर्ष जेल बसेका केपी ओलीले नेतृत्व

स्वर्गीय मनमोहन अधिकारीको १९ औ स्मृति दिवस दोलखामा कार्यक्रम

रेडियो शैलुङ्ग दोलखा बैशाख १३ नेकपा एमालेका तत्कालिन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको १९ औ स्मृति दिवसको अवसरमा मनमोहन स्मृत प्रतिष्ठान दोलखाको

प्रतिनिधी सभाका सांसद पार्र्वत गुरुङले दोलखाको विगु गाउँपालिकाका २ जना बालिकालाई विद्यालय भर्ना

रेडियो शैलुङ्ग दोलखा बैशाख ११ नेपाल सरकारको एक विद्यार्थी पढाउने अभियान अन्र्तगत प्रतिनिधी सभाका सांसद पार्र्वत गुरुङले दोलखाको विगु गाउँपालिकाका