श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Monday, 2017 Aug 21
कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग

 विना घिमिरे ÷माघ २६

दोलखा लापिलाङ गाविसको मसली थामी (७०)को  २०७२ बैशाख १२ गतेको भुकम्पले घर भत्कियो । आर्थिक अभावका कारण पुर्ननिर्माण गर्न समस्या हुने भएपछि बैदेशिक रोजगारमा गएकी छोरी को पर्खाइमा बसेकी थिईन् मसली थामी । माघमा स्वदेश फर्किन्छु अनि घर बनाउनु पर्छ आमा भनेर फोन गरेकी छोरीको मंसिर महिनामा अकाश्मात् मृत्युको समाचार आयो । ईन्टरनेश्नल कोर्डिनेशन सोसाईटि,दोलखाले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मसललीले – विगत सम्झदै भनिन् । 
 यसैगरी दोलखाबाट बैदेशिक रोजगारका लागि कतार गएका झ्याकु गाविसका  आङ्दावा शेर्पा (२९) को पनि असोजमा ह्ृदयघातका कारण निधन भयो । छोरा छोरीलाई राम्रो बोर्डिङमा पढाउने र सुखी जीवन यापन गर्ने सपना बोकेर विदेशिएका आङदावाको मृत्यु पछि उनकी श्रीमति शुष्मा शेर्पा अहिले काठमाण्डौमा रङरोगनको काम गरेर पारिवारीक गुजारा गरिरहेकी छिन् ।दोलखाबाट बैदेशिक रोजगारमा गएका कसैलाई पनि जोखिम,आपत विपद पर्दा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको ईन्टरनेश्नल कोर्डिनेशन सोसाईटि,दोलखाका अध्यक्ष हरी बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कतारमा मृत्यु भएकी विन्दु थामीको परिवारलाई २० हजार पाँच रुपैयाँ र आङदावा शेर्पाको परिवारलाई ३० हजार पाँच रुपैया सहयोग गरिएको थियो । उक्त रकम दोलखा सेवा समाज कतारले उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए । संस्थाका महासचिव कुमार श्रेष्ठले बैदेशीक रोजगारमा जानेहरु विभिन्न बहानामा ठगिन सक्ने भएकाले सबै कुरा बुझेर र सामान्य अंग्रेजी भाषा सिकेर मात्र जान अनुरोध गरे । युवा शक्तिलाई दोलखामानै व्यवसायीक बनाएर बैदेशीक रोजगारलाई निरुत्साहीत गर्ने उदेश्यले स्थापना गरिएको सोसाइटिमा हाल बैदेशीक रोजगारका लागि १३ देशमा काम गरिरहेका दोलखाली नागरिकहरुको आवद्धता रहेको महासचिव श्रेष्ठले बताए ।
On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन